FAQs Complain Problems

समाचार

योजना सम्झौता गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु के के हुन् ?

योजना सम्झौता गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु:

    उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपी।
    उपभोक्ता समितिका सदस्यहरुको नागरीकताको प्रतिलिपी।
    आयोजनाको लागत अनुमान विवरण।
     उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभाक्ता समितिको निर्णय।
    आयोजनाको कार्यान्वयनको कार्यातालिका ।
    खाता संचालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजात।
    योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरी खिचिएको फाटो ।
    योजनाको छाप।
    अनुगमन समिति गराएको पत्र।
    वडा सिफारीस।