FAQs Complain Problems

हाम्रो पात्रो

३९.मध्यनेपाल नगरपालिका प्राविधिक शिक्षालय सञ्चालन कार्यविधि

आधारभूत तथा मध्यम स्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको व्यवस्था तथा सिपको स्थर निर्धारण एवम् प्रमाणीकरण गरी कार्यन्वयन गर्नवान्छनीय भएकाले मध्यनेपाल नगरपालिकाको प्रशासकीय कार्यविधि (निर्माण गर्ने) ऐन, २०७४ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी मध्यनेपालनगर कार्यपालिकाले मिति २०७८/०२/२७ मा निर्णय गरी यो कार्यविधि जारी गरेको छ |

३८.उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि २०७८

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्र भित्रको विकास निर्माण सम्वन्धि कार्य संचालनको लागि गाउँ पालिका/नगरपालिकाले उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन गर्न आवश्यक देखिएकोले मध्यनेपाल नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४ को दफा ४ बमोजिम नगर कार्यपालिकाले मिति २०७८/०२/२७ मा निर्णय गरी यो कार्यविधि जारी गरेको छ ।

३६.नगर खेलकूद विकास कार्यविधि २०७८

मध्यनेपाल नगरपालिकामा शैक्षिक क्षेत्रभित्र वा बाहिर खेलकुदको माध्यमबाट समाजमा अनुशासन र  सामाजिक सद्भाव कायम राखी युवाहरुलाई धुम्रमान, मध्यपान, लागु पदार्थ दुर्व्यसनको कुलतबाट  जोगाई शारीरिक तथा मानसिक विकास गरी सक्षम, अनुशासित र सुसंस्कृत समाजको निर्माणको  निमित्त मध्यनेपाल नगरपालिका क्षेत्रभित्र खेलकुदमा स्वच्छ प्रतिष्पर्धाको भावना जागृत गराई परिश्रम  र परिवर्तन प्रति सचेत स्वस्थ नागरिक बनाउनको लागि विभिन्न तालिम तथा खेलकुदसम्बन्धी  प्रतियोगीताहरु सञ्चालन गरी सबै किसिमको खेलकुद आयोजना गर्न तथा स्थानीय, प्रदेश, राष्ट्रिय  तथा अन्तरराष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा मध्यनेपाल नगरपालि

३५.लैंगिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७८

लैंगिक हिंसा निवारण कोष (सञ्चालन) दोस्रो संशोधन नियमावली, २०७६ बमोजिम यस मध्यनेपाल नगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रशासकीय कार्यविधी नियमित गर्ने ऐन २०७४ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी  नगर कार्यपालिकाको मिति २०७८/०१/१५ गतेको निर्णयले यो कार्यविधि जारी गरेको छ।

३३.संक्षिप्त वातावरणीय अध्ययन तथा परिक्षण कार्यविधि २०७७

गाउँपालिका तथा नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने विषयसँग सम्बन्धित योजना, कार्यक्रम तथा आयोजना सम्बन्धी प्रस्तावको संक्षिप्त वातावरणीय अध्ययन वा प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी अध्ययन, प्रतिवेदन तयारी, स्वीकृति, प्रस्ताव कार्यान्वयन तथा अनुगमन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन वाञ्छनीय भएकोले,नगर कार्यपालिकाले वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन, २०७८ को दफा ६६ ले दिएको अधिकार प्रयोग गरी मध्यनेपाल नगरपालिकाको कार्यपालिकाको मिति २०७७/०४/२२ को निर्णयबाट यो कार्यविधि जारी गरिएको छ  ।

३४.विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७७

मध्यनेपाल नगरपालिका क्षेत्र भित्र प्राकृति तथा गैरप्राकृति विपदबाट हुन सक्ने जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लगि स्थापना भएको विपद व्यवस्थापन कोषको सञ्चालन सम्बन्धी कार्यविधि बनाउन बाञ्छनीय भएकोले,विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन,२०७६ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी मध्यनेपाल नगरपालिकाको कार्यपालिकाले मिति २०७७/०६/१९ मा निर्णय गरी यो कार्यविधि बनाएको छ ।

Pages